पार्टी एकजुट भएको सन्देश दिन चीन भ्रमण छोट्यार स्वदेश फर्कियौं: उपसभापति वाग्ले

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ नेताहरुले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन चीन भ्रमण छोट्याएर फर्किएको बताएका छन । दश दिनका लागि चीन भ्रमणमा गएका रास्वपाका १४ सांसद, नेता आज स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन भ्रमण छोट्याएर फर्किएको बताएका हुन्।  सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने उनले चेतावनी दिएका छन्। 

‘घटनाक्रमहरू आएपछि हामी अवगत नै थियौं। हामी १४ जना नै बसेर सामूहिक परामर्श गर्‍यौं अप्ठ्यारो घडीमा, पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। त्यो माथि प्रहार भइरहेको छ भने इगोका कारणले प्रहार भइरहेको छ भने हामी एकजुट भएर सामना गर्नुपर्छ। अहिले अप्ठ्यारो घडीमा हामी नेपाल नै हुनुपर्छ एकदमै एक मतका साथ निर्णय गर्‍यौं। हामीले भोलिपल्टै फर्कने तयारी गर्‍यौं। अहिले टिकटको चाप पनि र यता पनि सोचेजस्तो घटनाक्रम नभएकाले अलिकति हलुका हुने मौका मिल्यो,’ उनले भने।

सहकारी ठगीमा सग्लन नभएको संसदीय समितिले निस्कर्ष निकालेपनि राज्य नै लागेर फसाउन खोजेको दाबी रास्वपा नेताहरुको छ । 
गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशी पक्राउ परेपछि तरंगित हुँदै रास्वपाले चीन भ्रमणमा रहेका सांसद नेतालाई यथाशक्य छिटो स्वदेश आउन भनेको थियो । त्यसपछि दश दिने भ्रमण तालिका छोट्टाएर टोली चाँडै नेपाल फर्केको हो । भ्रमणका तीनवटामध्ये दुईवटा कार्यसूची पूरा गरेर फर्किएको नेताहरुले बताएका छन । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाहीको सिफारिस गरेको छ । उनी गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा सहकारीबाट आएको पैसा दुरुपयोगमा जिम्मेवार देखिएको भन्दै कारबाही सिफारिस गरिएको हो ।

प्रतिक्रिया