काठमाडौं टंकेश्वरमा महानगरद्वारा नै मापदण्ड मिचेर शौचालय निर्माण, स्थानीयद्वारा विरोध

काठमाडौं । महानगरपालिकाको १३ नम्बर वडा कार्यालयले कालिमाटीको टंकेश्वर मन्दिर नजिकै विष्णुमति नदी किनारमा मापदण्ड मिचेर सार्वजनिक शौचालय निर्माण गरेको पाइएको छ । 

नदी किनारको मापदण्ड विपरित महानगरले नदी छेउमै शौचालय निर्माण गरेको पाइएको हो । धार्मिक तथा ऐतिहासिक स्थानमा कंक्रिट संरचना निर्माण गर्दा सम्पदा र संस्कृति मासिने भन्दै स्थानीयले विरोध गरेका छन् । नदी किनारको मापदण्ड पालना गर्न महानगरले गरेको ताकेताले सर्वसाधारण आतंकित भएका बेला महानगर आफैले नियम मिचेको भन्दै अभियन्ताहरूले पनि विरोध गरेका छन् । 

काठमाडौं । महानगरपालिका वडा नं १३ ले भने महानगरको स्वीकृतिमा पुरानो शौचालय भएको स्थानमा नयाँ शौचालय निर्माण गरेको दाबी गरेको छ । सर्वोच्च अदालतले पछिल्लो पटक उपत्यकाका नदी वरपर थप २० मिटर क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न नगराउन आदेश दिएको छ ।
 

प्रतिक्रिया