शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं ।  बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो । 

बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । 

बिहीबार ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ६५ हजार २५८ पटक शेयर किनबेच भएको छ । 

बिहीबार १३ वटा समूहमध्ये २ समूहमा हरियाली देखिएको छ भने बाँकी ११ वटा समूह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३० अंकले बढेर ६ हजार ६७५.९६ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह १.०१ प्रतिशतले बढेर ३ हजार ४८५.२१ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.१५ प्रतिशतले, विकास बैंक १.१७ प्रतिशतले, फाइनान्स २.०७ प्रतिशतले हाइड्रोपावर २.३० प्रतिशतले, लगानी १.७० प्रतिशतले, जीवन बीमा ०.९३ प्रतिशतले, लघुवित्त १.३१ प्रतिशतले, म्युचुआल फण्ड ०.२९ प्रतिशतले, निर्जीवन बीमा ०।२९ प्रतिशतले र अन्य समूह ०.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया