स्थानीय तह उपचुनावको तालिका सार्वजनिक, मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ।  निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता आव्हान गरेको छ । आयोगले एक सूचना नै जारी गर्दै उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले असोज १० देखि असोज १६ सम्म दल दर्ता गर्न  आव्हान गरेको हो ।

 निर्वाचन आयोगको सूचना अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको छ। 
 सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने जनाइएको छ । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने आयोगले  जनाएको छ ।

प्रतिक्रिया