एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो ।  राष्ट्र बैंकको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

 
साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ । यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

प्रतिक्रिया