भ्रमण छोट्याएर चीनवाट फर्किए रा.स्व.पा.का नेताहरू

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा गत शनिबार राति चीन भ्रमणमा गएका रास्वपाका १४ जना नेताहरु मध्ये ८ जना आज स्वदेश फर्किएका छन् । बाँकी ६ जना भोली फर्कने उपसभापति स्वर्णिम वाग्लेले बताए । भ्रमणमा उपसभापति स्वर्णिम सहित सांसद खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता झा, सांसद गणेश पराजुली, कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ शनिबार चीन प्रस्तान गरेका थिए । 

उनीहरूलाई पार्टीले गत आइतबार तत्काल स्वदेश फर्कन निर्देशन दिएको थियो।

चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका थिए। भ्रमण तालिका १० दिनको थियो। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया