भैंसेपाटीमा कार्यरत इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौँ । नेपाल प्रहरीकी एक इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसिएको हो।

उनीमाथि आर्थिक अपचलनको गम्भीर आरोप छ। उनको बैंक खातामा बलात्कार आरोपितका आफन्तले रकम जम्मा गरेको भेटिएको प्रहरीले जनाएको छ। हनिट्रयाप घटनालाई बलात्कारमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ ।

शाहीलाई जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।  उनलाइ जिम्मेवारी मुक्त गरेर फिर्ता बोलाएर  जिल्ला प्रहरी परिसर ललितपुर थप अनुसन्धान सुरु गरेको छ  । 

प्रतिक्रिया