सुनको मूल्यमा कीर्तिमान

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारको लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । 

बुधबार प्रतितोला  एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन बिहीबारको लागि भने  एक लाख ६० हजार ७०० निर्धारण भएको छ । तोलामा  तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो 

त्यस्तै, चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला  एक हजार ९ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि समान नै निर्धारण भएको छ । 
रासस 

प्रतिक्रिया