युद्धमा ‘शान्ति’ को सट्टा ‘विराम’ नखोज्न जेलेन्स्कीको आग्रह

एजेन्सी । युक्रेनले विश्वलाई रूसको युद्धमा ‘शान्ति’ को सट्टा ‘विराम’ नखोज्न आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व नेताहरूलाई युद्ध सुरु भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो देशको साथ दिन र ‘वास्तविक, न्यायपूर्ण शान्ति’ को सट्टा ‘विराम’ नखोज्न आग्रह गरेका हुन् । 

युक्रेनबाट रूसी सेनाको निष्कासन र युद्ध अपराधहरूको न्यायको माग उनले विश्व समुदायसँग गरेका हुन् । जेलेन्स्कीले चीन र ब्राजिललाई विशेष रूपमा उल्लेख गर्दै उनीहरूले ‘आधा मनले’ समाधान योजनाहरू अघि सारेको भन्दै आरोप लगाए । उनीहरूलाई ‘युक्रेनको खर्चमा’ आफ्नै स्वार्थको लागि खेल्ने आरोप समेत उनले दुई देशमाथि लगाए । 

शुक्रबार संयुक्त राष्ट्रसंघका बिस सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूले चीन र ब्राजिलले तयार पारेको छ बुँदे शान्ति योजनाबारे छलफल गर्ने तयारी छ । जुन जेलेन्स्कीको प्रस्तावको विकल्पको रूपमा प्रस्तुत गरिएको छ । 

प्रतिक्रिया