एन्फा महिला लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् । पहिलो खेलमा चन्द्रपुर र वालिङ नगरपालिका तथा दोस्रो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । 

दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । चन्द्रपुर, वालिङ र कोशी भने अन्तिम खेल जित्दै दोस्रो चरणमा पुग्ने योजना रहेका छन् । सुदूरपश्चिम पहिलो चरणबाटै बाहिरिकेको छ । यसअघि नै विभागीय टोलीहरु एपिएफ, आर्मी र नेaपाल पुलिस दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । 

अब, कोशी, चन्द्रपुर र वालिङ मध्ये दुई टोलीको टुंगो लाग्न बाँकी छ । त्यो पनि यस खेलसँगै पूरा हुने छ । २२ अंक सहित एपिएफ शीर्ष स्थानमा छ । आर्मीको १९ र पुलिसको १८ अंक छ । वालिङको १२, कोशीको ११ तथा बागमतीको १० अंक छ । 

संकटा र चन्द्रपुरको समान ८ अंक रहदा कर्णालीको चार अंक छ । आठ खेलमा ६५ गोल बेहोरेको सुदूरपश्चिम पुछारमा छ ।
 

प्रतिक्रिया