प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख बीच भेटवार्ता

न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुस बीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरु बीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 
रासस

प्रतिक्रिया