पुटिनले परिवर्तन गरे आणविक हतियार प्रयोगको नियम

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको जानकारी दिएका छन् । 

युक्रेन सँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने तयारी स्वरुप उनले नियम परिवर्तन गर्न लागेको जानकारी दिएका हुन् । गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै रुसले आणविक हतियार प्रयोगको तयारी गरेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी छ । युक्रेनको राजधानी कीभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको पछिल्लो भनाइ आएको हो । 

यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएको थियो । युद्धरत राज्यहरूले ठूला आणविक आक्रमणहरु सुरु गर्ने हो भने विनाश र विपत्ति निम्याउने जोखिम बढ्ने अन्र्तराष्ट्रिय समुदायको भनाइ छ । 

प्रतिक्रिया