सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

सर्लाही । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा बुधबार राति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

बुधबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रीमानले  घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 
रासस
 

प्रतिक्रिया