पहिरोले कान्ति लोकपथ अवरुद्ध

बागमती ।  अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखा स्थित सडकमा पहिरो खस्दा  सडक पूर्ण रुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी रहेको बताइएको छ । 
 

प्रतिक्रिया