वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भागलिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । 

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी छन् । 
रासस

प्रतिक्रिया