अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला सहभागी

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी भएका छन् । 

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा. जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी थिइन् । 

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ रहेका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।
रासस
 

प्रतिक्रिया