परराष्ट्र मन्त्री राणा र स्पेनका राष्ट्रपति बीच भेटवार्ता

अमेरिका । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन यहाँ आएकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेज सँग भेटवार्ता गरेकी छन् । 

त्यस अवसरमा उनीहरू बीच नेपाल र स्पेन बीच आपसी सम्बन्ध थप मजबुत बनाउने लगायत विषयमा छलफल भएको थियो ।

नेपाल र स्पेन बीच सन् १९६८ को मे १३ तारिखमा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 
रासस

प्रतिक्रिया