लायन्स क्लबद्वारा भण्डारखालमा बृक्षारोपण

काठमाडौं । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक –३२५ एफ लगायत बिभिन्न संघ संस्थाको आयोजनामा पशुपतिको भण्डारखालमा बृक्षारोपण गरिएको छ । 

वनजंगल र वातावरण संरक्षण गर्ने उद्येश्यले बृक्षारोपण गरिएको आयोजकले जनाएका छन् ।बृक्षारोपण कार्यक्रममा पशुपति क्षेत्र बिकास कोष,सेन्ट मेरिज बिद्यालय,लाइन्स क्लव लगायतको संघ संस्थाको सहभागिता रहेको थियो । वालबालिकामा वातावरण र बनजंगल  संरक्षण सम्वन्धि पनि  जनचेतना जगाउनु बृक्षारोपणको उद्येश्य रहेको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक –३२५ एफका  लायन एवं अधिवक्ता गणेश के.सी.ले जानकारी दिए । सो अवसरमा अम्वा,एभोकाडो बेली लगायत अन्य फलफूलका बिरुवा रोपिएको थियो । 

बृक्षारोपण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनका डिस्ट्रिक्ट गभर्नर शंकर सारडा, लायन केशव बहादुर भण्डारी,लायन शम्भु घिमिरे,लगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया