संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौं: प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् । 

बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको बताएका हुन् । कार्यबहाक प्रधानमन्त्री सिंहले कांग्रेस –एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए ।

कार्यवहाक प्रधानमन्त्री सिंहले गत निर्वाचनको परिणाम अनुरूपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए । अर्थतन्त्रको गतिशीलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरू संसदमा नलैजाने समेत सिंहको प्रतिबद्धता थियो ।
 

प्रतिक्रिया