अदालतद्वारा दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाले सामाजिक सञ्जाल मार्फत आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । 

प्रतिक्रिया