विराटनगरको भव्या इन्टरप्राइजेजमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौं । विराटनगर महानगरपालिका मुनालपथस्थित विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा भीषण आगलागी भएको छ । 

महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजमा दिउँसो करिब २ बजे आगलागी भएको हो । 

आगलागीबाट मनीष अग्रवाल सञ्चालक रहेको इन्टरप्राइजेजमा पूर्णरुपमा क्षति पुगेको छ । आगलागी भएको इन्टरप्राइजेज नजिक बजाज मोटरसाइकलको सोरुममा पनि क्षति पुगेको प्रतक्ष्यदर्शीले बताएका छन् । इन्टरप्राइजेजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी र बारुणयन्त्र परिचालन गरिएको छ । इन्टरप्राइजेजमा आगलागिबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया