नेपाल वायुसेवा निगमले  अन्तर्राष्ट्रिय उडानको टिकट अब काठमाडौं बाहिर थप तीन ठाउँबाट बिक्री गर्ने

काठमाडौं । नेपाल वायूसेवा निगमको अन्तर्राष्ट्रिय उडानको टिकट अब बिराटनगर, पोखरा र नेपालगञ्जबाट समेत लिन सकिने भएको छ । 

 निगमले यस अघि काठमाडौं बाहिर भैरहवा कार्यालयबाट मात्रै अन्तर्राष्ट्रिय उडानको टिकट काट्ने व्यवस्था गरेकोमा अबदेखि बिराटनगर, पोखरा र नेपालगञ्जबाट पनि टिकट लिन सक्ने व्यवस्था गरेको जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपालीहरुको महान चाड वडा दशैं,तिहार र छठ लगायतलाई मध्यनजर गरेर निगमको सेवालाई अझ प्रभावकारी बनाउन काठमाडौं बाहिरका भैरहवा बाहेक अरु तीन स्थानबाट पनि टिकट लिन सकिने व्यवस्था मिलाउन सम्वन्धित विभागीय प्रमुखहरुलाई बुधवार  निर्देशन दिएका निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस अघि अधिकारीले चाड पर्व लक्षित गरेर  निगमका विमान नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना ल्याउन मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए । 

प्रतिक्रिया