चीनद्वारा प्रशान्त महासागरमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी । चीनले बुधबार एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ । यसलाई दशकौँमा पहिलो पटक यस्तो अभ्यासमा प्रशान्त महासागरमा प्रक्षेपण गरिएको थियो । 

उक्त प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन शुरु भएको छ । चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । 

बेइजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च बढाएको छ । चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो । 

सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी सञ्चालनमा रहेका आणविक हतियार रहेको र सन् २०३० सम्ममा एक हजार भन्दा बढी हुने सम्भावना रहेको पेन्टागनले बताएको छ । 

चिनियाँ रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो ।”

यस्ता परीक्षणहरू धेरै दुर्लभ रहेको एक विश्लेषकले बताएका छन् । 

प्रतिक्रिया