मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो

एजेन्सी । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको शुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ । 

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भू-भागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, सहरहरू विद्युतविहीन भए साथै पूर्वाधार मर्मतका लागि ठूलो लगानीकाे आवश्यकता पर्‍यो 

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको धेरै ठूलो रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।


 

प्रतिक्रिया