राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।  

अखिल नेपाल चेस एशोसिएशनले आयोजना गरेको प्रथम भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ को उद्घाटन  गर्दै उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै खेल र संस्कृतिलाई विशेष ध्यान दिइरहेको बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्धन हुने बताए । 

अध्यक्ष दाहालले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवर्धन हुने बताए । खेल समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्त्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे ।

उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता प्रवर्धन गर्ने बताए । खेल समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको अध्यक्ष दाहालको भनाई छ । 
 

प्रतिक्रिया