शेयर बजारमा नेप्से परिसूचक ४९ अंकले बढ्यो, कारोबार रकम भने ४ अर्ब ८१ करोडमा सीमित

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुनः रौनक फर्किएको छ । बुधबार एकै दिन नेप्से ४९.१८ अंकले बढेकाे छ । 

मंगलबार २४०० विन्दुमा पुगेको नेप्से  बुधबार बढेर २५१९. ५७ विन्दुमा पुगेको छ । बुधबार नेप्से १.९९ प्रतिशतले बढेको हो । 

बुधबार ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच भएको छ ।  प्रि–ओपन सेसनमा साढे २ अंकले बढेर शुरु भएको शेयर बजार खुलेको केही समयमा थोरै माथि गएको थियो ।

तर ११ः३२ मिनेटमा भने बजार न्यूनतम २४४३.२८ विन्दुमा पुगेको थियो । त्यसपछि उठेको बजार निरन्तरजसो माथि गएको थियो । बजार ११ः४५ पछाडि पनि ५ पटकसम्म बजार तल झर्न खोजेको थियो । तर, खरिदकर्ता हाबी भएका कारण बजार तल झर्न सकेन । २२३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १८ वटा कम्पनीको शेयर मूल्य मात्र घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

बुधबार ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ६९ हजार ४१८ पटक शेयर किनबेच भयो भने ५ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

प्रतिक्रिया