कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुर ।  कञ्चनपुरमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको छ ।

चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । 

उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा उपचार भइरहेको छ । 
रासस

प्रतिक्रिया