पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढ्दो

पर्वत । पर्वतमा विद्युतीय सवारी साधनको संख्या बढदै गएको  छ । 

पर्वत सदरमुकाम कुश्मा हुँदै पोखरा, काठमाडौं चल्ने सवारी साधनमा विद्युतीयको संख्या बढदो क्रममा रहेको हो । डिजेल पेट्रोलवाट चल्ने साधनको मर्मत खर्चिलो भएकाले विद्युतीयमा आकर्षण बढेको व्यवसायीको भनाइ छ । 
 
अहीले पर्वत सदरमुकामबाट मात्रै  १६ जनाको सिट क्षमता भएका २० वटा सवारी सञ्चालनमा रहेको यायाताय व्यवसायीहरुले बताएका हुन् । पर्वतमा  कुश्मा  कार्कीनेटा, ठुलीपोखरी, फलेवास  हुवासका ग्रामीण बजारमा समेत विद्युतीय सवारी चल्न थालेका हुन् । 

समान्य तया पोखरा .कुश्मा ६ सय रुपैयाँ टयाक्सी भाडा लाग्ने विद्युतीय सवारीमा ३ सयमा रुपैयाँमा यात्रा हुने भएपछि यात्रुहरुलाई पनि कम खर्चिलो बन्दै गएको छ ।

प्रतिक्रिया