बङ्गलादेशमा प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध

एजेन्सी । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । 

यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ । सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरू विरुद्ध कडा कारबाही गरिने बताए । 

सन् २००२ देखि लागू भएको प्लाष्टिक झोला माथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने यनले बताए । सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उनले बताए । 

सञ्चार माध्यमले राष्ट्रव्यापी अभियान मार्फत जनचेतना जगाउने कदम सहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्। 
रासस 

प्रतिक्रिया