पूर्व सभामुख सापकोटाको मुद्दामा आज फैसला हुँदै

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला सुनाउने पेशी बुधबार तोकिएको छ।  

पटक पटक सर्दै आएको यो मुद्दामा बुधबार फैसला नभएमा पुन सुनवाइमा जाने सम्भावना रहेको छ ।  काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा गत जेठ २३ गते बहस सकिएर निर्णय सुनाउने तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि विविध कारणले फैसला हुन सकेको छैन । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् ।

२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् ।

प्रतिक्रिया