श्रीलंकाका नवनियुक्त राष्ट्रपति दिसानायकेले गरे संसद् विघटन

एजेन्सी । श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेक छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेका हुन् । दिसानायकेले २ सय २५ सदस्यीय संसदलाई विघटन गरेका हुन् । 

जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो । उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचन गराउने घोषणा गरेका छन् ।

त्यस्तै, दिसानायकेले मंगलबार आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा चयन गरेका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 

दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिएका हुन् ।

प्रतिक्रिया