मध्यपुर्वमा जारी युद्ध कसैको हितमा नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपुर्वमा जारी युद्ध कसैको हितमा नरहेको र अवस्था झनै नाजुक बन्दै गएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका थुप्रै देशमा जारी तनावका बारेमा आफ्नो धारणा राख्दै उनले युद्धलाई कूटनीतिक समाधान मात्रै विकल्प रहेको स्पष्ट पारेका हुन् । बाइडेनले आफूहरु आक्रामकताविरुद्ध दृढतापूर्वक खडा रहेको बताए । 

त्यस्तै रुस–युक्रेन आक्रमणका सम्बन्धमा उनले रुसविरुद्ध नेटो मुलुकसँगै युक्रेनी जनता पनि विरोधमा उत्रनुपर्ने बताए । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको युद्ध असफल भएको समेत उनले जिकिर गरे । बाइडेनले चीनलाई कडा सन्देश दिँदै वासिङ्गटनले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो गठबन्धन र साझेदारीको सञ्जाललाई सुदृढ गर्न जारी राख्ने दृढता व्यक्त गरे । 

बाइडेनले यी गठबन्धन र साझेदारीहरू कुनै पनि देशका विरुद्धमा निर्देशित नरहेको समेत स्पष्ट पारे । अमेरिका चीनसँग प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न चाहेको समेत बाइडनको भनाइ थियो । उनले अमेरिकाले विश्वलाई सहयोग गर्नबाट पछि हट्न नहुने समेत प्रस्ट पारे । 

भारतलगायत धेरै देशमा शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनको समेत प्रशंसा गर्दै बाइडेनले घानादेखि भारत र दक्षिण कोरियासम्म विश्वभरका मानिसले शान्तिपूर्ण रूपमा आफ्नो भविष्य रोजेको समेत सुनाए । 

प्रतिक्रिया