विश्वकप लिग २ : ओमानसँग अंक बाँडेको नेपाल सातौँ स्थानमा यथावत

काठमाडौं । लगातार खराब खेलिरहेको नेपाली क्रिकेट टिमलाई बुधबार वर्षाले ठूलो राहत दिलाएको छ । 

आईसीसी मेन्स वर्ल्डकप क्रिकेट लिग–टुमा मंगलबारको खेल वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द गरिएको हो ।

यससँगै नेपालले एक अंक प्राप्त गरेको छ । किंग्स सिटीमा हुनु पर्ने खेलमा वर्षाका कारण एकै बल पनि सम्भव भएन । नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ।

नेपालले क्यानाडा भ्रमणको त्रिकोणात्मक शृंखलाका यसअघिका तीनै खेल गुमाएको थियो । यसमा क्यानाडाविरुद्धका दुई र ओमानविरुद्धको एक खेल रहेको छ । ओमान भने छ अंकमा नेपालको ठीक माथि छैटौं स्थानमा रहेको छ । 

प्रतिक्रिया