नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राखे ।  । सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिए ।  । 

मन्त्री भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्रियाकलाप विकासका लागि सरकार प्रतिबद्ध रहेको र कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको काम सोहीअनुसार अगाडि बढ्ने बताए । 

प्रतिक्रिया