लेबनानमा इजरायलले गरेको आक्रमणमा ५ सय ५८ जनाको मृत्यु

एजेन्सी । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५ सय ५८ जनाको मृत्यु भएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेको मंगलबार  जानकारी दिएका हुन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १ हजार ८ सय ३५ जना घाइते भएको उनले बताए ।

इजरायलले लेबनानमा रहेका हिजबुल्लाहको  केन्द्रहरुमा आक्रमण जारी राखेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएका छन् । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५ सय जनालाई १ सय ५० विद्यालयमा राखिएको छ । 

इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।
 

प्रतिक्रिया