उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालयका सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । 

उपप्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । मन्त्रालयको कामलाई जनताले अनुभूतिगर्ने गरि अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने मन्त्री सिंहको विश्वास छ । सचिव गेलालले स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरेका छन् । 

विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि उपलब्धी हासिल गर्नेतर्फ विशेष ध्यान दिने सम्झौतमा उल्लेख छ । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।
 

प्रतिक्रिया