साहारा चितवन सहकारीको बचत हिनामिनाको अभियोगमा जीबी राईसहित १७ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । गितेन्द्रबहादुर (जीबी) राई लगायत १७ जना विरूद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरि ठगी गरेको अभियोगमा  मंगलबार   चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

साहारा सहकारीबाट गोरखा मिडियामा रकम गएको देखिएको हुँदा सोको बारेमा पुन अनुशन्धान गरेर पुरक प्रतिवेदन पेश गर्न चितवन जिल्ला न्यायाधीवक्ता र सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको छ । 

चितवनका सरकारी वकिल शान्तिप्रसाद लुईटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । ३७ करोड ६५ लाख ८४ हजार ५४६ रूपैयाँ सहकारीले फिर्ता नगरेको देखिएको छ । अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन् ।

सहकारीको बचत अपचलन गरेको अभियोगमा कास्की प्रहरीले समाएको र अदालतले कारागार चलान गरेका एक जना कुमार रम्तेललाई मात्रै चितवन झिकाएर चितवन प्रहरीले बयान लिएको थियो । अरू १६ जनामध्ये ११ जनालाई फरार, तीन जना कारागारमा रहेको र तीन जना अनुपस्थित रहेको भनेर मुद्दा दायर भएको छ ।
 

प्रतिक्रिया