असोज १२ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । असोज १२ गतेदेखि दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा  मंगलबार बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।उक्त सहमति अनुसार विभागले १२ असोजदेखि लागु हुने गरी अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया