इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान ‘टु स्टेट सोलुसन’ बाट हुनुपर्छ: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान दुई राज्य निर्माण अर्थात ‘टु स्टेट सोलुसन’ बाट हुनु पर्ने बताएकी छन् । 

न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाका दौरान भएको असंलग्न अभियान (नाम) को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले सो भनाइ राखेकी हुन् । 

मन्त्री राणाले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीसहित अन्य बन्दीलाई छाड्नु पर्ने बताइन् । मन्त्रीस्तरीय बैठकमा मन्त्री राणाले इजरायल र प्यालेस्टाइनबीच तत्काल युद्धविराम हुनुपर्नेमा जोड दिइन । उनले त्यसका लागि सम्पूर्ण विश्वको ऐक्यबद्धता हुनुपर्ने बताइन् । 

राणाले विश्वका चुनौतीहरूलाई सम्बोधन गर्न बहुपक्षता, ऐक्यबद्धता तथा संयुक्त काममा जोड दिएकी हुन् । नेपालले पनि लामो समयदेखि इजरायल र प्यालेस्टाइन दुई मुलुक भएर शान्तिपूर्ण रूपमा बस्नु पर्ने कुरा उठाउँदै आइरहेको छ ।
 

प्रतिक्रिया