मन्त्री-प्रधानमन्त्री भएर पनि इज्जत नभएको भन्दै सिंहमाथि मिश्रको हमला

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले बालमन्दिरमा दिदी बचाउन खोज्नेलाई चुनाव नहराई नछोड्ने बताएका छन् । 
उनले विगतमा एक्लै लडेको भए सिंहलाई चुनाव हराएर देखाउन सक्ने दाबी पनि गरेका छन् ।
'एक्लै(एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।' ,सामाजिक सञ्जालमा मिश्रले लेखेका छन् । 
चुनाव जित्दैमा, मन्त्रीरप्रधानमन्त्री हुँदैमा इज्जत नबढ्ने भन्दै उनले लेखेका छन्, 'इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ।'

उनले बालमन्दिरको विषयमा प्रश्न उठाउदै सिंहमाथि आरोप समेत लगाएका छन्  । सामाजिक सञ्जालमा लेख्दै उनले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न चेतावनी दिएका छन् । उनले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ सिंहलाई चुनाव हराइदिने दाबी समेत गरेका छन् । 
 
‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला‚’ उनले लेखेका छन् । 

 

प्रतिक्रिया