लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीद्वारा आक्रमण

काठमाडौं । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरुले आक्रमण गरेका छन् ।

लुम्बिनी स्थित फाईभ होटलमा कार्यक्रम भईरहेको कार्यक्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई निर्माण व्यवसायीले आक्रमण गरेका हुन् । 

कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जना जतिको समूहले लछार्दै आक्रमण गरेको प्रतक्ष्यदर्शीले बताएका छन् । आक्रमणबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको छ । केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । 

उनले घटनाको छानविन र सुरक्षाको माग गरेका छन् । 

प्रतिक्रिया