वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको नेता कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरेका छन् ।  

जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा अलमलिएको आरोप कोइरालाको रहेको छ  । नेता कोइरालाले संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर्न नसक्दा राजनैतिक अस्थिरता पुनः दोहोरिने खतरा बढेको समेत उल्लेख गरे । 

नेपाली कांग्रेस  र नेकपा एमालेको गठबन्धन बन्नुपर्छ भनेर प्रखर वकालत गर्दै आएका कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेको चिन्ता व्यक्त गरेका हुन् । संविधानको समावेशि, समानुपातिक चरित्रलाई नहटाइ संबिधान संसोधन गरेर अघि बढउनुपर्ने उनको भनाइ छ । अधिकार तल नदिने भए संघीयताको अर्थ नहुने पनि नेता कोइराला बताउछन् । 
 

प्रतिक्रिया