आन्दोलनवाट सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिने रा.प्र.पा.को चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको दाबी गरेका छन्। आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री धवलशम्शेर राणाले जनता आन्दोलनको मुडमा पुगिसकेको दाबी गरेका हुन् । महामन्त्री राणाले अबको आन्दोलन सातदेखि दश दिनसम्म काठमाडौंमा हुने र यो आन्दोलनले  नालायक सरकारलाई घुँडा टेकाएर विश्राम लिने चेतावनी समेत दिए । 

उनले भने, ‘यो आन्दोलन एक दिनको हुँदैन। सबै व्यवस्था गर्छौँ सातदेखि दश दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छ।’

एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन राणाले आह्वान गरे। उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’

उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए। उनले मङ्सिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।
 
अमेरिकामा समेत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बोल्ने सक्ने अवस्था नभएको राणाले बताए।संयुक्त राष्ट्रसङ्घको महासभाका सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यहाँ रहेका नेपाली समुदायले लखेटेको र यता नेपालमा पनि जनताले प्रधानमन्त्रीको कार्यक्रमलाई बहिष्कार गर्न थालेको राणाले बताए । 

प्रतिक्रिया