पोखरामा पर्यटन मन्त्रीहरू भेला हुँदै

गण्डकी ।  पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीय सहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएका छन् । 

विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू मंगलबार साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । 

उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए । 

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्र समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया