सिरहामा एक युवकको शव फेला

शिव दयाल यादब
सिरहा । सिरहामा एक युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान एक युवकको शव भेटिएको हो ।

प्रहरीका अनुसार, मृतक सुखीपुर नगरपालिका–२ का राम उदगार यादवका ३२ वर्षीय छोरा भुला यादव हुन् । प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया