आलिया भट्टले गरिन् पेरिस फेसन विकमा डेब्यू

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले पेरिस फेसन विकमा डेब्यू गरेकी छिन् । आफ्नो फेसनले मेटगालामा सबैलाई मोहित तुल्याएपछि आलियाले फेरि एकपटक पेरिस फेसन विकमा सौन्दर्य छरेकी छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार आलिया पेरिस फेसन विकमा सोमबार सहभागी भएकी हुन् । आलिया केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग र्‍याम्पमा देखा परिन् । उनी पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिंडेकी हुन् ।

आलिया सहित  ऐश्वर्या राय बच्चन, अजा नाओमी किङ, सिन्डी ब्रुना, कारा डेलेभिङ्ने, केन्डल जेनर, लुमा ग्रोथे र अन्यसँगै र्‍याम्पमा देखा  परेका छन् ।  उनीहरुले हातमा गुलाब बोकेका थिए ।

प्रतिक्रिया