प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्‍चले माग्यो कारण

काठमाडौ । सर्वोच्‍च अदालतले दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको हो ।

प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो।

 
 

प्रतिक्रिया