काठमाडौं महानगरद्धारा सवारी साधन पार्किङ शुल्क निर्धारण

काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरेको हो । आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको महानगरले जनाएको छ । 
काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५÷५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ । ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।  त्यसैगरी महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमै तलव उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलव खुवाउने व्यवस्था महानगरले गरेको हो । 

प्रतिक्रिया