प्रसाईँको समर्थनमा मुखमा टेप टालेर प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन् ।

बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन् ।राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

'एक थोपा रगत रहुन्जेल केपी ओलीसंग लड्छु' भन्ने नारा सहितको व्यानर बोकेर समर्थकले प्रदर्शन गरेका छन् । 

रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो ।  गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया