तेली कल्याण समाजले धरानमा सामुहिक रुपमा जितिया पर्व मनाउदै

धरान । हरेक जातजातिको पर्व अहिले नेपालीको मौलिक पर्व बन्दै गएको छ । एक क्षेत्रमा मनाइने पर्व अहिले मुलुककै तीनै क्षेत्र पहाड, तराई र हिमालमा समेत मनाउन थालिएको छ । 

आफ्नो् जातिले मनाउने पर्वलाई सबै क्षेत्रमा समिति नै बनाएर सुनसरीको धरानमा पर्वको जगेर्ना गर्ने कामलाई निरन्तता दिन थालिएको हो । जितिया पर्व विगत दुई वर्ष अगाडि संस्था नै दर्ता गरेर तेली कल्याण समाज धरानले सामुहिक रुपमा मनाउदै आएको छ । 
 
२०७९ सालमा संस्था दर्ता गरी आश्विन अष्ठमी तिथिको कृष्ण पक्षका दिन धरानमा रहेका तेली समुदायलाई जमघट गराई सामुहिक रुपमा जितिया पर्व मनाउने गरेका हुन् । यसै क्रममा तेली समाजले धरान १ मा रहेको धुलीखेल समाजमा सबै तेली समुदायलाई भेला गराई जितिया पर्व मनाएको हो ।

प्रतिक्रिया